बेलायतमा एक करोड बढीले पाए कोभिड खोपको तेस्रो डोज
लन्डन । बेलायतमा कोभिडविरोधी खोपको तेस्रो डोज समेत पाउने मानिसहरुको संख्या दश लाख नाघेको छ ।
कोभिड संक्रमणको लागि बढी जोखिमपूर्ण मानिएका उनीहरुलाई दोस्रो डोज लिएको ६ महिनापछि तेस्रो ‘बुस्टर डोज’ दिइएको हो ।
सरकारी अधिकारीहरुका अनुसार खोपको तेस्रो डोज पाउनेमा ज्येष्ठ नागरिक, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, जोखिमयुक्त स्वास्थ्य अवस्था हुनेहरु लगायत छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले १० लाख बढीले तेस्रो खोप पाइसक्नुलाई उपलब्धिपूर्ण भनेका छन् । तर अझै धेरै मानिसलाई यो डोज दिन बांकी रहेको उल्लेख गर्दै उनले यो वीन्टर सिजनमा खोप अभियान निरन्तर र तीव्र राखिने बताएका छन् ।
अहिले बेलायतमा ५० वर्षमाथिका सबैलाई कोभिड खोपको तेस्रो डोज खुला गरिएको छ । तर खोपको दोस्रो डोज लिएको ६ महिना पूरा भएपछि मात्रै तेस्रो डोज लिन सकिनेछ ।