लन्डन डब्लुटिएममा नेपाली पर्यटन प्रवर्धन
लन्डन । पर्यटन सम्बन्धि विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) मा नेपालले उत्साहजनक सहभागिता जनाएको छ ।
नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टिम सहभागी भयो ।
उक्त मेलामा पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सहभागी थिए ।
गत वर्ष कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको डब्लुटिएममा यस वर्ष भने विश्वभरका १५० देशको सहभागिता थियो ।
वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) मा बोर्डका कार्यकारी प्रमुख डा रेग्मी कोभिडको समयमा नेपालले गरेका कार्य तथा त्यसपछि नेपालको समग्र पर्यटनको अवस्थाका बारेमा विश्व चर्चित मिडिया बीबीसी, सीएनएन, लोन्ली प्यानेट र वन्डरलस्ट म्यागेजिनका सञ्चारकर्मी तथा अन्य पर्यटन क्षेत्रका विज्ञसँग छलफलमा सहभागी भएका थिए भने डब्लुटिएम चाइना फोरमले आयोजना गरेको अन्तरक्रियामा समेत सहभागी भएर नेपालको पर्यटन प्रवर्धनबारे बोले ।
सो अवसरमा डा रेग्मीले कोभिडपछि नेपालले विभिन्न स्वास्थ्य तथा सुरक्षाको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा विदेशी पर्यटक आगमन खुला गरेको जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५