शुक्रबार, माघ ४, २०८१
19:05 | ००:५०

लन्डनमा प्रधानमन्त्री देउवासंग बेलायती सांसदहरूले गरे भेटवार्ता

रासस अक्टोबर ३०, २०२१

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेख यहाँस्थित नेपाली राजदूताबासमा शनिबार शिष्टाचार भेटवार्ता गर्दै । तस्वीर- भीष्मराज ओझा, रासस

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।

द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए । उनीहरूले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोगको सराहना गरेको सचिव पौड्यालले बताए ।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा व्यस्त रहे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू