शुक्रबार, माघ ४, २०८१
19:14
|
००:५९
चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता
रासस/एएफपी
अक्टोबर ३०, २०२१
लन्डन, १२ कात्तिक– बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिनपिङबीच कुराकानी भएको छ । आसन्न ‘कोप–२६’ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।
उनीहरूबीच जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस् कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेका थिए ।
प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उनीहरुबीच फोनमा कुराकानी भएको उल्लेख छ ।
बेलायतकै आयोजनामा आगामी आइतबारदेखि ग्लास्गोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ