बिहीबार, माघ ३, २०८१
17:02 | २२:४७

बेलायतका नेपालीमाझ आयो ‘ट्यापट्याप सेन्ड’: नेपाल पैसा पठाउन छिटो, सजिलो र भरपर्दो

नेपाली लिङ्क अक्टोबर २६, २०२१

लन्डन । रेमिटेन्सको क्षेत्रमा अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित  कम्पनी ‘ट्यापट्याप सेन्ड’ को सेवाबाट अब बेलायतवासी नेपालीहरु पनि लाभान्वित हुने भएका छन् ।  

सिटी एक्सप्रेस नेपालसँगको सहकार्यमा ‘ट्याप ट्याप सेन्ड’ ले बेलायतबाट नेपाल पैसा पठाउने सेवा समेत शुरु गरेको छ । 

मोबाइल फोनको एपबाट सजिलै र कुनै झञ्झटबिना सुरक्षित पैसा पठाउन सकिने माध्यमका रुपमा ‘ट्यापट्याप सेन्ड’ लोकप्रिय छ । बेलायतका साथै अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकबाट यो कम्पनीको सेवा उपलब्ध छ ।  

सन् २०१८ मा शुरु भएको ‘ट्यापट्याप सेन्ड’ ले अहिले नेपालमा पनि आफ्नो सेवा बिस्तार गरेको हो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज, छिटो र भरपर्दो रेमिटेन्स सेवाको प्रतिवद्धता गरेको छ । ‘सुरक्षित, छिटो र निशुल्क सेवाका साथै प्रतिस्पर्धात्मक दर हामी ग्यारेन्टी गर्छौं’, कम्पनीकी बेलायतस्थित् एक प्रतिनिधि सपना पुनले भनिन् ।  

‘ट्यापट्याप सेन्ड’ मार्फत् बेलायतबाट नेपालमा पैसा पठाउने प्रक्रिया सेवाग्राहीहरुको लागि निकै सरल र सहज छ । मोबाइलमा ‘ट्यापट्याप सेन्ड’ को एप डाउनलोड गरेर त्यसमार्फत छिटो र सजिलो तरिकाले चाहेको रकम आफै पठाउन सकिनेछ । त्यसबाहेक ‘ट्यापट्याप सेन्ड’ को टीमलाई टेलिफोन वा इमेलमार्फत् सम्पर्क गरी सहयोग लिन पनि सकिनेछ ।  

‘ट्यापट्याप सेन्ड’ को नेपाल हेर्ने बेलायतस्थित समूहमा अनुभवी तथा जुझारु युवाहरु छन् जसको कमाण्ड सृष्टि गुरुङले सम्हालेकी छन् । बेलायतको प्रतिष्ठित युनिभर्सिटी कलेज लन्डन (युसिएल) की ग्र्याजुएट उनले नेपालमै बसेर सम्बन्धित क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव संगालेकी छन् ।

कम्पनीले एक मुलुकबाट अर्को मुलुकसम्म रेमिटेन्स पठाउंदा लाग्ने खर्चमा कटौति गर्ने लक्ष्य राखेको छ । जसको लागि सेवाग्राहीलाई कुनै शुल्क बिना प्रतिस्पर्धात्मक दरमै सेवा उपलब्ध गराउने बताइएको छ ।

कम्पनीले बेलायतस्थित नेपाली समुदायसँग सहयोग र सहकार्यका योजना पनि बनाएको छ । यहाँ नेपालीहरुले सञ्चालन गरेका व्यवसायहरुको विकास र बिस्तारलाई पनि प्रवर्द्धन गर्ने कम्पनीको लक्ष्य छ ।  

‘ट्यापट्याप सेन्ड’ ले एनआरएनएसहित अन्य विभिन्न संघसंस्थाहरुसँग मिलेर च्यारिटीमुलक कार्यक्रमको योजना पनि बनाएको छ ।  

त्यसो त कम्पनीले आफ्नो मार्केटिङ अभियानलाई पनि समुदायको हितमा केन्द्रित गरेको छ । हालै मात्रै कम्पनीले अल्डरसटमा रहेको ‘कटिङ एज’ सैलुनसँग मिलेर पूर्व तथा  सेवारत गोर्खाहरुलाई निशुल्क ‘हेयर कट’ उपलब्ध गराएको थियो । साथै, रकम पठाउने सेवाग्राहीहरुमध्ये गोलाप्रथाद्वारा भाग्यमानी छनोट हुनेलाई २ सय ५० पाउन्डको पुरस्कार समेत व्यवस्था गरिएको छ ।  

‘ट्यापट्याप सेन्ड’ मार्फत् सेवा लिन वा यसका सेवाबारे थप जानकारी लिनुपरे निम्नानुसारका माध्यममा सम्पर्क गर्न सकिन्छ ।  

वेबसाइट 

ट्याप ट्याप सेन्ड’को मोबाइल एप डाउनलोड गर्ने  लिंक

टेलिफोन: +44 808 168 7707

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू