बिहीबार, माघ ३, २०८१
16:47 | २२:३२

गोर्खा मोर्गेजेजलाई साउथ इष्ट इंग्ल्यान्डको उत्कृष्ट एड्भाइजर अवार्ड

नेपाली लिङ्क अक्टोबर २६, २०२१

लन्डन । बेलायतमा नेपाली युवा व्यवसायीहरुद्वारा सञ्चालित गोर्खा मोर्गेजेजले बेलायतको फाइनान्सियल वृत्तमा प्रतिष्ठित एक अवार्ड जितेको छ ।  

बेलायती कम्पनी ‘माइकल अशर’ सँगको साझेदारीमा सञ्चालन हुँदै आएको गोर्खा मोर्गेजेजले ‘एचएल पार्टनरसिप अवार्ड २०२१’ प्राप्त गरेको हो ।

बेलायतभरका विभिन्न फाइनान्सियल कम्पनीहरुको नेटवर्क ‘होम लोन पार्टनरसिप’ द्वारा वर्षेनी प्रदान गरिने यो अवार्डअन्तर्गत साउथ इष्ट इंग्ल्यान्डको ‘बेस्ट एड्भाइजर फर्म’ को रुपमा गोर्खा मोर्गेजेज पुरस्कृत भएको हो ।

गत सेप्टेम्बर अन्तिम साता वेल्सको सेल्टिक म्यानर होटेलमा आयोजित अवार्ड वितरण समारोहमा गोर्खा मोर्गेजेजका सिनियर मोर्गेज एन्ड प्रोटेक्सन एड्भाइजर सारस गुरुङ र मोर्गेज एन्ड प्रोटेक्सन एड्भाइजर सुजित गुरुङले अवार्ड बुझेका थिए ।  

कम्पनीका बिजनेस एन्ड डिभेलपमेन्ट म्यानेजर दिपेश राईका अनुसार गोर्खा मोर्गेजेजले यो अवार्ड हात पारेको यसपटक लगातार तेस्रो अवसर हो । यसअघि सन् २०१८ र १९ मा कम्पनीले यही अवार्ड पाएको थियो भने गत वर्ष कोभिड महामारीका कारण अवार्ड बांडिएको थिएन ।  

‘एचएल पार्टनरसिप’ को नेटवर्कमा आबद्ध बेलायतभरका सयौं फाइनान्सियल कम्पनीहरुमध्ये वर्षभरमा गरेको पर्फमेन्सलाई आधार बनाएर अवार्ड दिइएको राईले जानकारी दिए ।

कम्पनीले सेवा दिएका ग्राहकहरुको संख्या, सफल नतिजा र वार्षिक कारोबार लगायतलाई हेरेर गोर्खा मोर्गेजेजलाई अवार्डको लागि मनोनित गरिएको उनले बताए ।

बेलायतमा दशकौंदेखि सेवा दिंदै आएको माइकल अशर मोर्गेजेज सर्भिसेसको ‘सब्सिडेरी’ शाखाका रुपमा गोर्खा मोर्गेजेज विगत एक दशकदेखि सञ्चालन हुँदै आएको छ । फिर्मली, बेजिङस्टोक र आसफोर्डमा गरी कम्पनीका तीन शाखा सञ्चालनमा छन् ।  

गोर्खा मोर्गेजेजमा मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजरहरु सारस गुरुङ, विभा गुरुङ र साजित गुरुङ, प्रोटेक्सन एड्भाइजर सञ्जय गुरुङ, बिजनेस एन्ड डिभलेपमेन्ट म्यानेजर दिपेश राई, प्यारा प्लानर सीमा राईसहितको टीम क्रियाशिल छ ।  

कम्पनीले मोर्गेज, रियल स्टेट, वील्स, प्रोटेक्सनसहितका सम्पूर्ण फाइनान्सियल सेवा उपलब्ध गराउंदै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू