बिहीबार, मंसिर १३, २०८१
23:43 | ०५:२८

राष्ट्रपति भण्डारीले आमाको हातबाट गरिन् टीका ग्रहण

रासस अक्टोबर १५, २०२१

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा प्रसाद ग्रहण गर्दै । तस्बिर- रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले  राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छन् । 

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपतिले सर्वसाधरणलाई भने टीका लगाइदिने कार्यक्रम भएन  । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू