बिहीबार, माघ ३, २०८१
13:02 | १८:४७

स्वर्गीय बाबुआमाको स्मृतिमा च्यारिटी संस्थाहरुलाई सहयोग

नेपाली लिङ्क अक्टोबर १४, २०२१

लन्डन । झन्डै एक वर्षअघि निधन भएका रिटायर्ड क्याप्टेन हर्क बहादुर गुरुङ र चन्द्रकुमारी गुरुङको परिवारले विभिन्न च्यारिटी संस्थालाई सहयोग प्रदान गरेको छ । 

गत जनवरी महिनामा निधन भएका स्वर्गीय गुरुङ दम्पत्तिको स्मृतिमा उनीहरुको परिवारले ती च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको हो।

गत ६ अक्टोबरका दिन वुल्लिच आर्टिलेरी ब्यारेक पेभिलनमा बौद्ध धार्मिक संस्कारअनुसार स्वर्गीय गुरुङ दम्पत्तिको अर्घौं सम्पन्न भएसंगै सहयोग प्रदान गरिएको थियो ।  

गुरुङ परिवारले साउथ इष्ट रिजनल तमुधिं लन्डन, डायमण्ड बुद्धिस्ट सेन्टर यूके, फेंदिखोला समाज यूके, बिएचएफ, म्याकमिलान क्यान्सर सपोर्ट र लुइसम एन्ड ग्रीनवीच एनएचएसअन्तर्गतको क्वीन एलिजाबेथ अस्पताललाई तीन सय पाउन्डको दरले सहयोग हस्तान्तरण गरेको छ । 

लामो समय देखि परिवारसहित बेलायतको प्लमस्टिडमा बस्दै आएका स्व. हर्कबहादुर गुरुङ र पत्नी चन्द्रकुमारी गुरुङको ९ दिनको अन्तरालमा आफ्नै निवासमा निधन भएको थियो । 

स्वर्गीय गुरुङ दम्पत्तिका तीन छोराहरु गंगा गुरुङ, लाल गुरुङ र हरि गुरुङ  र दुई छोरीहरु मिना गुरुङ (नेपाल) र लिला गुरुङ बेलायतमै बसोवास गर्छन । स्वर्गीय गुरुङ नेपालमा रहंदा पनि लामो समय सामाजिक सेवामा एक अभिभावकको रुपमा काम खटिने गरेका थिए ।

अर्घौं कार्यक्रममा आफ्नो स्व. बुबाआमाको सम्झनामा छोरा बुहारीहरु गंगा गुरुङ / श्रीमती गंगा गुरुङ, लाल गुरुङ / श्रीमती सुधा गुरुङ, र हरि गुरुङ / श्रीमती निरा गुरुङ तथा  छोरी ज्वाईहरु श्रीमती मिना गुरुङ (नेपाल) / पूर्व आईजीपी नरेश गुरुङ र श्रीमती लिला गुरुङ / हरि गुरुङबाट सहयोग प्रदान गरिएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू