नेपालमा बुधबार थप २५ मा संक्रमण, कुल संक्रमित ४ सय २७


काठमाडौं । नेपालमा कारोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार थप २५ जनामा संक्रमण भएको पुष्टि गरे ।
बुधबार संक्रमण भेटिनेहरु १८ पुरुष र ७ महिला हुन् । जसमा एक तीन वर्षका बालक समेत छन् । उनीहरुमध्ये कपिलवस्तुका १३ जना छन् भने बाँकेका ६, धनकुटाका ५ र नवलपरासीका १ जना छन् ।
हालसम्म संक्रमित हुनेमध्ये ३ सय ५८ पुरुष र ६९ महिला रहेको प्रवक्ता देवकोटाले जनाए ।
उनले अहिलेसम्म ‘पीसीआर’ विधिबाट ३५ हजार ४ सय ९४ र ‘आरडीटी’ विधिबाट ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको जनाए ।
‘पीसीआर’ विधिबाट २ हजार चार सय ८८ र ‘आरडीटी’ विधिबाट ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण पछिल्लो २४ घण्टामा भएका हुन् ।
प्रवक्ता देवकोटाले हालसम्म निको भएर घर फर्किनेको संख्या ४५ पुगेको जानकारी दिए । पछिल्लोपटक कोशी अस्पतालमा उपचाररत आठ जना पुरुष डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५