बिहीबार, मंसिर १३, २०८१
21:39 | ०३:२४

नेपालमा घट्दै संक्रमण, २४ घन्टामा ८६७ संक्रमित  

रासस अक्टोबर २, २०२१

काठमाडौँ–पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ हजार २१९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेको छ । सो अवधिमा एक हजार १२३ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८१९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ३५० सघन उपचारकक्ष (आइसीयू), ११२ भेन्टिलेटर, १६ हजार ३७१ होम आइसोलेशन, एक हजार २७१ संस्थागत आइसोलेशन र २३९ जना क्वारेन्टिनमा रहेका छन् । आज ८३ हजार ३७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९६ हजार ६१८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९२९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू