बिहीबार, माघ ३, २०८१
10:49 | १६:३४

बेलायतका राजदूत रेग्मीसहित ओलीद्वारा नियुक्त सबै राजदूत फिर्ता बोलाइने

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२१

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी

लन्डन । शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने भएको छ ।  

मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका कर्मचारीबाहेक पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै बेलायतसहित १० मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसंगै महेन्द्रबहादुर पाण्डेय (चीन), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्धाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफूटी शेर्पा (स्पेन), डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) हुने भएका हुन्   

यसअघि ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएका जापानकी राजदूत प्रतिभा राणा र ओमानकी राजदूत शर्मिला ढकाल पराजुलीको बारेमा के हुने भन्ने अझै स्पष्ट भइसकेको छैन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू