अमेरिकामा सेप्टेम्बर ११ को सम्झनामा स्मृति दिवस
न्युयोर्क, २७ भदौ–संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतंकवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २०औं स्मृति दिवस मनाएको छ ।
अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त गरेका थिए । उक्त त्रासादीपूर्ण हमलामा २, ७५३ जनाले ज्यान गुमाएका थिए भने कयौं घइते र अपाङ्ग भएका थिए ।
न्युयोर्कस्थित दुई टावरमा विमान दुर्घटना गराई अलकायदाले गरेको आतंकवादी हमलाका कारण अमेरिकाले कडा सुरक्षा व्यवस्थाबीच थप सुरक्षा चुनौती बेहोर्दै आएको छ । उक्त स्मृति दिवसको छ श्रृंखलामा आयोजना गरिएको कार्यक्रम बिहान ८:४६ मा घण्टी बजाएर मौनधारण गरिएको थियो, जुन अपहृत विमानले उत्तरतर्फको विश्व व्यापार केन्द्रको टावरमा आक्रमण गरेको समयअनुसार मिलाइएको थियो ।
मृतकका आफन्तले आफ्ना मृतकहरूको तस्वीर टाँसेर भावुक बन्दै उक्त कार्यक्रमा सहभागिता जनाएका थिए ।
सहभागीमध्येका एक जोन पोचर ड्ज्मा जसले उक्त घटनामा भाइ गुमाएका थिए, उनले उक्त घटना हिजो मात्र घटेको जस्तै लाग्ने र प्रत्येक वर्ष यसरी नै घटनाको स्मरण गरिरहेको पीडा सुनाए ।
त्यसैगरी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले त्यति बेलाको कारुणिक दृष्यको स्मरण गर्दै आगो नियन्त्रण गर्ने क्रमाम ३४३ जनाले ज्यान गुमाएको घटना सधै स्मृतिमा दुःखद बिम्बको रूपमा खेलिरहेको बताए ।
त्यो हृदयविदारक घटना सपनामा बल्झिरहेको पनि बुसले उल्लेख गरेका छन् ।
सोही घटनाको स्मृति दिवसका कार्यक्रम पेन्टागन र शान्कसभिलमा पनि आयोजना गरिएको थियो । पूर्वराष्ट्रपति बुसले त्यति बेलाको जस्तो राष्ट्रिय एकता, राजनीतिक नेतृत्वको दूरदृष्टि अहिले नदेखिएकोमा आफू, राष्ट्र र आगामी सन्ततिको भविष्यको बारेमा चिन्तित रहेको विचार व्यक्त गरेका थिए ।
विश्वभरका नेताले सो घटनाको निन्दा र त्यसका विरुद्धको एकताका पक्षमा सन्देश पठाउँदै त्यो आक्रमण पश्चिमा मूल्य र मान्यता माथिको आक्रमण भएको बताएका छन् ।
त्यसैगरी शान्कसभिलमा आयोजित कार्यक्रमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिका एकजुट भएर विश्वको नेतृत्व गर्नुपर्ने र आफ्नो विगतको एकता र शक्ति पुनःप्राप्त गरेर वास्तविक अर्थमामा विश्वको नेतृत्वका निम्ति सबैलाई विश्वासमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिबानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनुपरेको बताए ।
पूर्वराष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजिकिएको बताएका थिए । उनले थपे, अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानीको दिग्विजयले अमेरिकालाई थप चिन्तित तुल्याएको छ ।
शनिवार आयोजित उक्त कार्यक्रमामा राष्ट्रपति बाइडेनले भने राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतंकविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनःजागृत गराउन आह्वान गरेका थिए ।