शुक्रबार, मंसिर १४, २०८१
04:33 | १०:१८

राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतंकवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जलि

रासस–एपी सेप्टेम्बर ११, २०२१

अमेरिकी राष्ट्रपति बाइडेन । तस्बिर एपी

न्यूयोर्क, भदौ २६–राष्ट्रपति जो बाइडेनले ९/११ को आतंकवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतंककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।

आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतंकवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा छन् ।

राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।

यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले जारी गरेको रेकर्डेड भाषणमा बाइडेनले वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेका छन् । उक्त कुख्यात घटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन् ।

शुक्रवार राति राष्ट्रपति बाइडेन ९–११ को घटनाको स्मरणमा न्यूयोर्क आइपुगेका हुन् । यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू