बिहीबार, माघ ३, २०८१
06:12 | ११:५७

एनआरएनए यूकेको आर्थिक समिति गठन

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । 

कोषाध्यक्ष विष्णु खरेलको संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । 

समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुवेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् । समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ ।

गैरआवासीय नेपाली संघ यूकेको विधानको धारा २०.१२ बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्नेछ   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू