एनआरएनएमा कसैलाई सघाउने निर्णय भएको छैन: सभापति गुरुङ
लन्डन । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले एनआरएनए केन्द्रको चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको बताएका छन्।
सभापति गुरुङले नेपाली जनसम्पर्क समिति यूके कार्यसम्पादन समितिको आइतबार बसेको बैठकमा क्रियाशील सदस्यता नवीकरण र अधिवेशनको बारेमा मात्रै निर्णय भएको स्पष्ट पारे।
सोमबार एक विज्ञप्ति निकाल्दै सभापति गुरुङले कुनै एक उम्मेद्वारलाई सहयोग गर्ने भन्नेबारे बैठकले कुनै निर्णय नगरेकोले कुनै भ्रममा नपर्न अनुरोध गरेका छन् ।
एनआरएनए आइसीसीको आगामी निर्वाचन सम्बन्धमा नेपाली कांग्रेस पार्टीको निर्देशनअनुसार नै नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग र समर्थन गर्ने उनले जनाए ।
उनले आफ्नो हस्ताक्षरबिना जनसम्पर्क समिति यूकेको लेटरहेडको दुरुपयोग गरिएकोबारे समितिले छानबिन शुरु गरेको पनि बताएका छन्।
यसअघि जनसम्पर्क समिति यूकेले एनआरएनए केन्द्रमा रविना थापालाई सघाउने निर्णय गरेको भन्दै जनसम्पर्क समिति यूकेको लेटरहेडसहित एक वक्तव्य प्रकाशित भएको थियो ।
सभापति गुरुङको विज्ञप्ति: