बुटवल सेरोफेरो यूकेको नेतृत्व क्याप्टेन ताम ढेगालाई

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२१

लन्डन। बुटवल सेरोफेरो यूकेको नेतृत्व क्याप्टेन ताम ढेगाले पाएका छन्। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको चौंथो अधिवेशनले ढेगालाई सर्वसम्मतिमा अध्यक्ष निर्वाचित गरेको हो ।अध्यक्ष निर्वाचित ढेगा यसअघि संस्थाका सल्लाहकार थिए ।  

सर्वसम्मतिमा निर्वाचित संस्थाको १७ सदस्यीय नयाँ कार्यसमितिमा नारायण पुन, देवीमाया गुरुङ र इशान गुरुङ उपाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मीन गुरुङ, सचिवमा तीर्थकुमार (ब्रुस) थापा, कोषाध्यक्षमा डमर गुरुङ र सह-कोषाध्यक्षमा विक्रम बगाले चुनिएका छन् । 

कार्यसमिति सदस्यहरुमा अन्जु शाही, जुनु गुरुङ, राजु मिधुन, डेविन्द्र थापा, रवि थापा, तुलसी राना, भिम बुढाथोकी, रन्जिता मल्ल र महेन्द्र कुँवर चयन भएका छन् ।  

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।  

बुटवल सेरोफेरोबाट बेलायत आएर बसेकाहरुको साझा संस्थाका रुपमा दश वर्षअघि ‘बुटवल सेरोफेरो यूके’ स्थापना गरिएको थियो ।

संस्थाले बेलायतवासी बुटवेलीहरुबीच सम्पर्क र समन्वय गराउनुका साथै विभिन्न समयमा नेपालमा कयौं परोपकारी कार्य समेत गर्दै आएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू