बिहीबार, माघ ३, २०८१
05:44 | ११:२९

एनआरएनए आइसीसी निर्वाचन: बेलायत कांग्रेसको समर्थन रविनालाई

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२१

लन्डन । नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेलायतले आसन्न एनआरएनए आइसीसी निर्वाचनमा अध्यक्ष पदमा रविना थापालाई समर्थन गर्ने भएको छ ।  

आइतबार सभापति युवराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्य सम्पादन समितिको बैठकले थापालाई समर्थन र सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।  

आइसीसीमा कांग्रेसका ‘प्रतिनिधि उम्मेद्वार’ का रुपमा प्रचार गरिएका बेलायतकै कुल आचार्यलाई छोडेर यहाँको जनसम्पर्क समितिले रविनाको पक्षमा निर्णय गरेको हो ।  

त्यसमाथि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग विशेष निकट मानिने जनसम्पर्क समिति यूके सभापति गुरुङ नेतृत्वको समितिले गरेको यो निर्णय एनआरएनए निर्वाचनमा थप अर्थपूर्ण रहनेछ ।  

जनसम्पर्क समिति जापान र अमेरिकाकी संस्थापक सदस्य समेत रहेकी एनआरएनए आइसीसीकी वर्तमान उपाध्यक्ष रविनालाई बेलायत कांग्रेसले समर्थन जनाएको हो ।  

म्याग्दीका कांग्रेस नेता दिलबहादुर केसीकी छोरी रविना जनसम्पर्क समिति जापान र अमेरिकाकी संस्थापक सदस्य रहेको तथा उनका श्रीमानसहित सिंगो परिवार नै कांग्रेस राजनीतिमा सक्रिय रहेकाले पनि उनलाई सघाउने निर्णय गरिएको जनसम्पर्क समिति बेलायतले जनाएको छ ।  

समितिले आइसीसीको उपाध्यक्षमा थर्क सेन, महासचिवमा विनय अधिकारी र युरोप उपसंयोजकमा दयानिधि सापकोटालाई समेत समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू