बुधबार, मंसिर १२, २०८१
17:33 | २३:१८

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा हुने  

रासस सेप्टेम्बर ४, २०२१

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो ।

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ ।

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू