बिहीबार, मंसिर १३, २०८१
18:55 | ००:४०

मन्त्रिपरिषद विस्तारमा ढिलाइ, प्रधानमन्त्री, दाहाल र नेपालबीच छलफल

रासस सेप्टेम्बर ३, २०२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द्रित थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन् । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् ।

छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने विषयमा गम्भीर विचारविमर्श भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू