बिहीबार, माघ ३, २०८१
04:31 | १०:१६

कृष्ण जन्माष्टमीमा लन्डन पशुपतिनाथमा कृष्ण झुला परिक्रमा

नेपाली लिङ्क सेप्टेम्बर १, २०२१

लन्डन । साउथ इष्ट लन्डनको पशुपतिनाथ मन्दिरमा सोमबार कृष्ण जन्माष्टमी पर्व मनाइएको छ ।  

मन्दिरमा पूजाआजा, भजनकिर्तन एवम् कृष्ण झुला परिक्रमा लगायतका गतिविधिसहित कृष्ण जन्माष्टमी मनाइएको हो ।  

दिनभरमा तीन सय बढीले मन्दिरको दर्शन गर्नुका साथै पूजा, भजन किर्तनमा भाग लिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले जानकारी दिए ।  

मन्दिर दिनभर खुला राखिएको थियो भने उपस्थित दर्शनार्थीहरुलाई निशुल्क प्रसाद वितरण गरिएको थियो ।  

पन्डित निलहरि घिमिरेले कृष्ण जन्माष्टमी पर्व विशेष पूजा संचालन गरेका थिए । साँझ कृष्ण झुला तयारी कार्य राधा सापकोटा, राधा खरेल, मन्जु गौतम र सरिता पौडेल लगायतले गरेका थिए ।  

कृष्ण जन्माष्टमी विशेष कार्यक्रममा सहभागी एवम् सहयोगी सबैप्रति मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष दासुराम पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् ।  

मन्दिरमा विभिन्न पर्व तथा अवसरहरुमा नियमित रुपमा यस्तै विशेष कार्यक्रमहरु आयोजना हुँदै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू