आइतबार, माघ ६, २०८१
03:36 | ०९:२१

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधव नेपाल

रासस अगस्ट २९, २०२१

नेता माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ ।

कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू