आइतबार, माघ ६, २०८१
03:04 | ०८:४९

अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित 

रासस अगस्ट २७, २०२१

फाइल फोटो

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ । हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले आज साँझ प्रेस विज्ञप्ति जारी गरेर बताएको छ ।

काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पुरयाइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू