आइतबार, माघ ६, २०८१
03:25
|
०९:१०
थप ४४ संक्रमितको मृत्यु
रासस
अगस्ट २५, २०२१
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९६४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।
हालसम्म नेपालमा ४३ लाख चार हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४५० मा संक्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९६४ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार २८७ छ ।
होम आइसोलेसनमा ३५ हजार २५० छन् भने संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६१० संक्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
४४ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५