अफगानी नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व- युरोपेली आयोग अध्यक्ष
ब्रसेल्स, ९ भदौ–अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ की एक नेतृले बताएकी छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियानले सो कुरा बताएका हुन् । उनले भनिन्, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।
उनकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ ।
उनले थपिन्, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।
उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्ने र यसका लागि युनियनले बजेट छुट्याउने पनि जानकारी दिइन् ।
हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।