शुक्रबार, मंसिर १४, २०८१
10:29 | १६:१४

कोरोना महामारीमा अनियमितता गर्ने पूर्वमन्त्रीलाई १२ वर्ष जेल

रासस-एएफपी अगस्ट २३, २०२१

जाकार्ता–इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ ।

कोरोना भाइरस महामारीका बेला गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो ।

पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरु रहेको जनाएको छ ।

अनियमितताको आशंका र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो ।

उनलाई जेल सजायसंगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ ।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन् ।

इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रुपमा छ । धेरै राजनीतिक नेताहरु अनियमिततासम्बन्धी घट्नामा मुछिने गरेका छन् । त्यसैगरी दण्ड सजाय पनि धेरैलाई हुने गरेको छ ।

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पांच वर्षका लागि जेल सजाय तोकिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू