बुधबार, मंसिर १२, २०८१
16:47 | २२:३२

एस्ट्राजेनेकाको थप दुई लाख आठ हजार खोप आइपुग्यो

रासस अगस्ट २१, २०२१

काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहांस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे ।

यसअघि पहिलो चरणमा साउन २३ र २४ गते ९ लाख मात्रा खोप ल्याइएको थियो । बांकी खोप भोलि आइतबार र पर्सी सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू