गोर्खा मुद्धा सम्बोधनको माग गर्दै बेलायती प्रधानमन्त्रीलाई एनआरएनए यूकेको ज्ञापनपत्र
लन्डन । भूतपूर्व गोर्खाहरुले उठाउँदै आएका मागको यथोचित सम्बोधनका लागि एनआरएनए यूकेले बेलायत सरकारलाई आग्रह गरेको छ ।
सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक ज्ञापनपत्र पठाउंदै गोर्खा समस्या उचित ढंगले समाधान गर्न माग गरिएको हो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा गोर्खाहरुको गुनासोबारे बुझ्न र प्राविधिक संयन्त्रको सिफारिश समेतलाई समेट्दै उचित समाधानको सुझावहरु पेश गर्न एक उच्चस्तरीय समिति गठन गर्न माग छ ।
गोर्खाहरुको मुद्धामा बेलायत तथा नेपालबीचको दुई देशीय वार्ताको पहल गर्न पनि एनआरएनए यूकेले माग गरेको छ ।
बेलायतको पक्षमा दुई सय वर्षभन्दा लामो समयदेखि गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप पूर्व गोर्खा र तीनका परिवारलाई स्वास्थ्य सुविधा, इमिग्रेसन लगायतमा विशेष व्यवस्था सुनिश्चित गर्न समेत आग्रह गरिएको छ ।
पत्रमा नेपाल तथा बेलायतबीचको लामो मित्रतालाई बलियो र जीवन्त बनाउन गोर्खाहरुकै प्रमुख भूमिका रहेको स्मरण गराइएको छ ।
यसअघि बेलायती पक्षबाटै पनि गोर्खाहरुमाथि विभेद भएको तथ्य स्वीकार गरिसकेको अवस्थामा समेत उनीहरुको मुद्धा अझै सम्बोधन हुन नसकेकोप्रति ध्यानाकर्षण गराइएको छ ।
गोर्खाहरुको मागका सम्बन्धमा प्राविधिक संयन्त्र र ‘अल पार्टी पार्लियामेन्ट्री कमिटि’ ले गरेका सिफारिशहरु समेत कार्यान्वयन नभएको गुनासो पत्रमा गरिएको छ ।
सोमबार एनआरएनए यूकेको कार्यसमिति बैठकअघि सम्पूर्ण पदाधिकारीहरु अल्डरसटस्थित पोस्ट अफिस पुगेर ज्ञापनपत्र पठाएका थिए ।
प्रधानमन्त्रीलाई पठाइएको पत्रको बोधार्थ गोर्खा मामिला हेर्ने बेलायतको ‘अल पार्टी पार्लियामेन्ट्री कमिटी’ प्रमुख समेत रहेका सांसद विरेन्द्र शर्मालाई पनि पठाइएको छ ।
बेलायती प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र :