सोमबार, फागुन १२, २०८१
नेपालमा कोरोनाबाट दोस्रो मृत्यु पुष्टी
मृतक बाँकेका २५ वर्षीय युवक


नेपाली लिङ्क
मे १७, २०२०
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टी भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकै बेला मृत्यु भएका युवकमा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान अचानक स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो ।
यसअघि शनिबार मात्रै नेपालमा कोरोनाका कारण भएको पहिलो मृत्यु पुष्टी भएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला नेपालमा कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ति थिइन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५