शुक्रबार, मंसिर १४, २०८१
10:36 | १६:२१

अफगानिस्तान हिंसा अन्त्य गर्न तालिबानलाई शक्ति साझेदारीको प्रस्ताव

रासस/एएफपी अगस्ट १२, २०२१

अफगानिस्तानको हिंसा अन्त्य गर्न दोहाको कतारमा शान्ति वार्ता पनि जारी छ । तस्बिर एपी

दोहा, २८ साउन–अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।

कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।

एक सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।”

यसैबीच रणनीतिक दृिष्टकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी शहर नियन्त्रणमा लिइएको लडाकूले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्छ ।

योसँगै तालिवान लडाकूले अहिलेसम्म अफगानिस्तानका ३४ प्रान्तमध्ये १० प्रान्तका राजधानीमा कब्जा गरेको दाबी गरेका छन् । तर, सरकारले अफगानिस्तान सेना अहिले पनि तालिवानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी राखेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू