सोमबार, मंसिर १०, २०८१
03:48 | ०९:३३

भारतमा दुई हप्ता लकडाउन थप गर्ने तयारी

रासस-सिन्ह्वा मे १६, २०२०

नयाँ दिल्ली । कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधि थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को संक्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ ।’

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकार लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० मेसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई कमसेकम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू