बिहीबार, माघ ३, २०८१
21:52 | ०३:३७

एनआरएनए यूके मत परिणाम सार्वजनिक गर्न ढिलाइ

नेपाली लिङ्क अगस्ट ५, २०२१

लन्डन । एनआरएनए यूकेको मत परिणाम सार्वजनिक गर्न ढिलाइ भएको छ । निर्वाचन समितिले बिहीबार अपरान्ह ५ बजे परिणाम सुनाइने बताएपनि राती अबेरसम्म नतिजा सार्वजनिक नभएपछि उम्मेदवार र मतदाता आक्रोशित छन् ।

निर्वाचन आयोग कार्यालय उलवीचमा आक्रोशित भीडले परिणाम कहिले आउंछ भनेर बारम्बार ताकेता गर्दा निर्वाचन समितिले नतिजा ‘छिट्टै’ आउने आश्वासन दिएपनि यसमा विश्वासिलो आधार नदेखिएको धेरैको बुझाइ छ । मंगलबार मतदान सकिएपनि नतिजा कहिले आउने अझै यकिन छैन् ।

एनआरएनए यूकेले पहिलोपटक अनलाइन प्रणाली अवलम्बन गरेको थियो ।

अनलाइन मतदान प्रक्रिया जिम्मा लिएको बेलायती भेण्डर च्वाइस भोटिङले बुधबार एकहजार बढी मत अस्वभाविक रुपमा खसेको बताउंदै निर्वाचन प्रमुख आयुक्त महेन्द्र कंडेललाई पत्र लेखेको थियो । त्यसपछि अध्यक्षका दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिनाप्रधान राईले ति गैर कानूनी खसेका मत बदर नगरिए कानूनी लडाईंको चेतावनी दिएका थिए ।

एकजना अध्यक्ष प्रत्यासीको च्वाइस भोटिङविरुद्ध उजुरी, अर्को प्रत्यासीले हस्ताक्षर गर्न अस्वीकार गरेको अवस्था र फर्जीमतसम्बन्धमा आपसी सहमति नजुट्दा नतिजा प्रकाशनमा ढिलाइ भएको श्रोतको भनाइ छ ।

बिहीबार निर्वाचन समितिले भेण्डर र उम्मेदवारहरुसंग दिनभर छलफल गरेपनि अन्तिम टुंगो लाग्न सकेन ।

निर्वाचन समितिले चुनाव निष्पक्ष र पारदर्शी बनाउने प्रतिवद्धता गरिरहेपनि रिजल्ट सार्वजनिक हुन लम्बिदा कतिपयमा आशंका र अन्यौल बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू