बिहीबार, माघ ३, २०८१
19:53
|
०१:३८
एनआरएनए यूके सदस्यमा नयाँ जोससहित गीता रायमाझीद्वारा उम्मेद्वारी
नेपाली लिङ्क
जुलाइ २८, २०२१
लन्डन । बेलायतमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा आवद्ध गीता भण्डारी रायमाझीले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिएकी छन् ।
संस्थालाई पारदर्शी, प्रविधिमैत्री र साझा बनाउने उद्देश्यले आफूले उम्मेद्वारी दिएको उनले बताइन् ।
‘विगतका काम र अनुभवका आधारमा थप इच्छा शक्ति लिएर अघि बढ्ने चाहनासहित आफ्नो योग्यता, अनुभव र क्षमतालाई गैर आवासीय नेपाली संघमार्फत सदुपयोग गर्न चाहन्छु’, उनले भनिन् ।
विगत दुई दशकदेखि बेलायत बस्दै आएकी रायमाझी डेढ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । पछिल्लो समय उनीसहितको संयुक्त लगानीमा नेपालमा होटल तथा रिसोर्ट व्यवसाय संचालनमा छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन यहि जुलाई ३१ तारिखमा हुने तय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ