सोमबार, माघ ७, २०८१
20:52 | ०२:३७

अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा

रासस/एएनआइ जुलाइ २१, २०२१


वासिङटन ६ साउन– अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भइरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् ।

‘संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि द्रुत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं’- प्राइसले पत्रकार सम्मेलनमा भने ।

मंगलबार बिहान इदको प्रार्थनाका क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेट आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् ।

इदको नमाजपछि समारोहमा बोल्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू