सोमबार, माघ ७, २०८१
20:36
|
०२:२१
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघ्यो
रासस/सिन्ह्वा
जुलाइ १८, २०२१
बेइजिङ-कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ ।
विश्वभर कूल सङ्क्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ छ । कोरोनाबाट अत्यन्त प्रभावित देशमा संयुक्त राज्य अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, अर्जेन्टिना, कोलोम्बिया, इटाली, स्पेन, जर्मनी, इरान, पोल्याण्ड, इन्डोनेसिया, मेक्सिको, युक्रेन, दक्षिण अफ्रिका, पेरु, नेदरल्याण्ड लगायत छन् ।
विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो
विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज, ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनीमा ८ करोड ५६ लाख १५ हजार ४३० डोज, बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज खोप लगाइएको छ ।
जापानमा ६ करोड ६७ लाख १४ हजार ५२८ डोज, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज, टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज, इटालीमा ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५