बुधबार, मंसिर १२, २०८१
11:44 | १७:२९

नवनियुक्त प्रधानमन्त्री देउवासहित चार मन्त्रीद्वारा शपथ

रासस जुलाइ १३, २०२१

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ गराउंदै । तस्विर- प्रदिपराज वन्त, रासस

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिए ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्   

समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । 

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

नवनियुक्त मन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई जना मन्त्री नियुक्त गरेका हुन्   

नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा जलस्रोत तथा सिँचाइ भएका  छन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू