अधुरै रह्यो इंग्ल्याण्डको युरोकप सपना, इटलीलाई उपाधि
लन्डन । घरेलु मैदानमा ऐतिहासिक युरोकप उपाधि हासिल गर्ने इंग्ल्याण्डको सपना अधुरै बनेको छ ।
आइतबार बेलुका लन्डन वेम्बलीमा सम्पन्न फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टीमा ३-२ ले पराजित बनेको हो ।
यसपटकसंगै इटलीले जम्मा २ पटक युरोकपको उपाधि जितेको छ । उसले यसअघि सन् १९६८ को युरोकप जितेको थियो ।
उता इंग्ल्याण्डले भने अहिलेसम्म युरोकपको उपाधि हात पार्न सकेको छैन ।
५५ वर्षअघि सन् १९६६ मा विश्वकप जितेयता कुनै पनि महत्वपूर्ण अन्तरराष्ट्रिय उपाधि प्राप्त नगरेको इंग्ल्याण्डले यसपटक घरेलु मैदानमा उपाधि चुम्ने आशा लिएको थियो ।
इटलीसँगको प्रतिस्पर्धात्मक फाइनलमा इंग्ल्याण्डको लागि ल्युक शाले खेलको दुई मिनेटमै गोल स्कोर गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा खेलको ६७ औं मिनेटमा इटलीले गोल फर्काएपछि खेल बराबरीमा फर्किएको थियो । अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५