विश्वकप जितेको ५५ वर्षपछि युरो च्याम्पियन बन्ने आशामा इंग्ल्याण्ड
लन्डन । युरोकप २०२० को फाइनलमा आज इंग्ल्याण्ड इटलीसँग भिड्दैछ । लन्डनको वेम्बलीमा बेलुका ८ बजे निर्धारित खेललाई इंग्ल्याण्डले ऐतिहासिक अवसरका रुपमा लिएको छ ।
युरोकप इतिहासमा पहिलोपटक फाइनलसम्म पुगेको इंग्ल्याण्डले यसैपटक उपाधि उचाल्ने ठूलो आशा लिएको छ ।
सन् १९६६ मा विश्वकप जितेको इंग्ल्याण्ड त्यसको ५५ वर्षपछि अर्को महत्वपूर्ण अन्तरराष्ट्रिय उपाधि जित्दै इतिहास रच्ने कोशिशमा छ ।
युवा खेलाडीहरुको वर्चश्व रहेको इंग्ल्याण्डलाई आजको खेलमा घरेलु मैदानमा हजारौं दर्शकको प्रत्यक्ष साथ पनि महत्वपूर्ण हौसला बन्ने ठानिएको छ ।
यसैबीच, फाइनल खेलको पूर्व सन्ध्यामा बेलायती महारानी एलिजावेथ द्वितीय र प्रधानमन्त्री बोरिस जोन्सनले पनि इङ्लिश् फुटबल टीमलाई जीतको शुभकामना दिंदै हौसला बढाएका छन् । महारानीले ५५ वर्षअघि इङ्लिश् टीमलाई विश्वकपको ट्रफी वितरण गर्दाको रोमान्चक क्षण समेत स्मरण गरेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५