भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमण तथा ज्यान गुमाउनेको दैनिक संख्यामा फेरि वृद्धि भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो ।
योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल संख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो संख्या कुल संक्रमितमध्येको १.४८ प्रतिशत रहेको छ ।
संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको संख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।
भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा थपिएका संक्रमितहरुको संख्या थोरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ ।
भारतमा अहिले संक्रमणमुक्त भएकाहरूको संख्या ९७.२० प्रतिशत छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५