व्यक्तित्व विकास र व्यवसायिक सफलताबारे दुई दिने कार्यक्रम
लन्डन । यूके र नेपालमा विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका व्यक्तित्वहरुले ‘अनलिस योर इनर सेल्फ’ इभेन्टमार्फत आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।
माउसटेल वेव सर्भिसेस् लि. तथा अल्डरसट इम्पावरमेन्टले संयुक्त रुपमा आयोजना गरेको दुई दिने कार्यक्रमको पहिलो दिनमा कविता घर्तीमगर गुरुङले नृत्य सिकाइन् भने इन्द्र गुरुङले द बिग ट्रान्सफर्मेसन कोचिङ, आश गुरुङले धेरै क्षेत्रबाट कसरी आम्दानी गर्ने भन्ने सम्बन्धमा र धन लामाले आफ्नो क्याफे ब्यापारबारे जानकारी दिएका माउसटेलका निर्देशक मान गुरुङले जानकारी दिए ।
दोस्रो दिनमा कविता घर्तीमगर गुरुङले नृत्य सिकाएपछि दिपेन्द्र श्रेष्ठले व्यवहारिक नेतृत्व (लिडरसीप) र डा. मिलन ज्ञवालीले सफलता मापनबारे सिकाए ।
कार्यक्रमका सहभागीले उक्त इभेन्ट लाभदायक भएको प्रतिक्रिया दिएका छन् । अर्को कार्यक्रम एक महिनाभित्र हुने जानकारी निर्देशक मान गुरुङले दिए ।