बुधबार, माघ २, २०८१
10:16 | १६:०१

एनआरएनए यूके निर्वाचन समितिले पायो पूर्णता

नेपाली लिङ्क जुलाइ ५, २०२१

लन्डन । निकै चासोका साथ हेरिएको एनआरएनए यूकेको निर्वाचन समितिले पूर्णता पाएको छ । प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेलले सोमबार समितिलाई पूर्णता दिएका हुन् ।

कंडेलका अनुसार, समितिको सदस्य सचिवमा कर्णबहादुर शाहीसहित सुवसिंह गुरुङ, सोलिसिटर राजु थापा र पशुपति पोख्रेललाई थपिएको छ ।

त्यसैगरि, निर्वाचन समितिको सल्लाहकारमा भोला खनाल, प्रवेश केसी, रामशरण सिम्खडा, रिटायर्ड लेफ्टेन चन्द्र गुरुङ र क्याप्टेन राजु गुरुङ छन् ।

एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिखमा निर्वाचन गर्न गत ३० मार्च २०२१ को कार्यसमिति बैठकले प्रमुख आयुक्त एवं संघका पूर्व अध्यक्ष कंडेललाई ५ सदस्यीय निर्वाचन समिति गठनका लागि सम्पूर्ण ‘म्यान्डेट’ दिने निर्णय गरेको थियो ।

यो वर्ष पहिलोपटक एनआरएनए यूकेमा अनलाइन मतदान हुँदैछ । आगामी कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय प्रेम गाहा मगर र रोजिना प्रधान राईसंगै इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू