बुधबार, माघ २, २०८१
10:02 | १५:४७

तमु समाज यूके आमा समूहलाई पूर्णता

नारायण सिंह गुरुङ जुलाइ ४, २०२१

लन्डन । तमु समाज यूके आमा समूहको कार्यसमितिले पूर्णता पाएको छ । शनिबार वेम्बलीस्थित आफ्नै सामुदायिक भवनमा बसेको समूहको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो ।

गत २७ जुन २०२१ का दिन सम्पन्न मुल समितिको १४ औं साधारणसभा तथा छैटौं महाधिवेशनमा बिन्दु घलेको अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकाल औपचारिक रुपमा समाप्त भएको घोषणा गर्दै उमादेवी गुरुङलाई अध्यक्ष चयन गरिएको थियो ।

कार्यकारिणी समितिको उपाध्यक्षमा मथुरा गुरुङ, कोषाध्यक्ष विभा गुरुङ र सचिव मीरा गुरुङ चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा पदम माया गुरुङ, लक्ष्मी गुरुङ (क), गोमा गुरुङ, पञ्जा गुरुङ, कृष्ण गुरुङ, माया गुरुङ, भद्रा गुरुङ, लक्ष्मी गुरुङ (ख), बत्ती गुरुङ, रमिला गुरुङ, शारदा गुरुङ, रोजी गुरुङ, बबी गुरुङ, काशी गुरुङ, सुनिता गुरुङ, मैता गुरुङ, सारा गुरुङ, ऋतु गुरुङ, खुशी गुरुङ र चञ्चला गुरुङ चयन भएका छन् ।

आमा समूहको सल्लाहकारमा बिन्दु घले 
(निवर्तमान आमा समूह अध्यक्ष तथा वर्तमान तमु समाज यूके मूल समिति उपाध्यक्ष), माया गुरुङ (पूर्व आमा समूह अध्यक्ष), विजु गुरुङ (पूर्व तमु समाज यूके उपाध्यक्ष), विमला गुरुङ (निवर्तमान आमा समूह कोषाध्यक्ष), मन कुमारी गुरुङ, लील कुमारी गुरुङ, राजकुमारी गुरुङ, टीका गुरुङ, सूर्यकुमारी गुरुङ, जयन्ति गुरुङ, इश्वरी गुरुङ, कमला गुरुङ, रेनुमाया गुरुङ, विष्णुमती गुरुङ, पुष्प गुरुङ, इच्छा गुरुङ, तुलसी गुरुङ, कुमारी गुरुङ र मीना गुरुङ मनोनित भएको समूहले जनाएको छ ।

उक्त कार्यक्रममा नयां कार्यसमिति अध्यक्ष उमा देवी गुरु र उनको कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो भने निवर्तमान आमा समूह अध्यक्ष बिन्दु घले (वर्तमान तमु समाज यूके मूल समिति उपाध्यक्ष) र कार्यसमितिलाई खादा, फूल दिएर विदाई गरिएको थियो ।

यसै क्रममा छैटौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष शिव कुमार गुरुङ र उनकी धर्मपत्नी मिना गुरुङलाई आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले खादा, फूल र फेटा ओढाएर वधाइ दिइन् भने निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ साथै उनकी श्रीमति मिरा गुरुङ दम्पत्तिलाई खादा, फूल र फेटा लगाएर धन्यवादसहित विदाई गरेकी थिइन् ।

उक्त कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङलाई संस्थाकै अभिभावकका रुपमा आमा समूहकी अध्यक्ष उमादेवी गुरुङले खादा, फूल र फेटा लगाएर सम्मान गरिन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमु समाज यूकेका नवनिर्वाचित अध्यक्ष शिव कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र स्पोर्ट्स संयोजक हरिमान गुरुङले उच्च प्रशंसासहित धन्यवाद दिएपछि निवर्तमान कोषाध्यक्ष विमला गुरुङले नव निर्वाचित कोषाध्यक्ष विभा गुरुङलाई सम्पूर्ण हिसाबकिताब र रकम हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा स्पोर्ट्स संयोजक हरिमान गुरुङ तथा उनकी धर्मपत्नी लक्ष्मी गुरुङले खाना र नयां कार्यसमितिको आमा समूहले खाजा प्रवन्ध गरेको थियो ।

अन्त्यमा आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले धन्यवादसहित कार्यक्रम समापन गरेकी थिइन् । आमा समूहको पहिलो बैठकको अध्यक्षता उमादेवी गुरुङ र सचिव मिरा गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू