बुधबार, मंसिर १२, २०८१
08:48
|
१४:३३
खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
रासस
जुलाइ १, २०२१
काठमाडौं । नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।
आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।
एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ