शुक्रबार, मंसिर १४, २०८१
08:31 | १४:१६

एनआरएनए निर्वाचन समिति गठन, संयोजकमा लिलामणि पौडेल

नेपाली लिङ्क जुन ३०, २०२१

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्न अधिवक्ता लिलामणि पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डंगोल (कतार), चिरञ्जीवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) लाई खटाइएको संघका महासचिव डा हेम राज शर्माले जानकारी दिए ।

जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिको निर्वाचन सम्पन्न भए पछि अन्तराष्ट्रिय परिषदको निर्वाचन तयारी सुरु गरिने शर्माले बताए । संघको महाधिवेशनका लागि अगष्ट १५ भित्र केन्द्रीय प्रतिनिधि चयन गर्नु पर्ने वैधानिक व्यवस्था छ ।

संयोजक लिलामणि पौडेल

केन्द्रीय प्रतिनिधिका लागि ६५ प्रतिशत राष्ट्रिय परिषदका पुराना पदाधिकारी, २५ प्रतिशत एनसीसीबाट निर्वाचित र १० प्रतिशत अध्यक्षले मनोनित प्रतिनिधिहरु संघको महाधिवेशनमा भाग लिन पाउने छन् ।

महासचिव शर्माले अगष्ट दोस्रो सातासम्म केन्द्रीय प्रतिनिधिको अन्तिम नामावली तयार हुने बताए । यसअघि संघको पदाधिकारी बैठकले अध्यक्ष कुमार पन्तलाई निर्वाचन समिति गठनका लागि अधिकार प्रदान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू