आइतबार, मंसिर ९, २०८१
03:27
|
०९:१२
लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई टिन हस्तान्तरण
रासस
जुन २८, २०२१
काठमाडौँ–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । प्रतिष्ठानको केन्द्रीय समतिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ वण्डल जस्तापाता हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानले आफ्नो खातामा रहेको रकम र अन्य व्यक्तिबाट सहयोग जुटाइ राहत वितरण गरेको हो । प्रतिष्ठान केन्द्रीय समितिको रु एक लाख, महेश रेग्मीले रु एक लाख, बागमती प्रदेश कार्यसमितिको रु २५ हजार, योगेश लामाको पहलमा विभिन्न व्यक्तिबाट रु एक लाख र अन्य नगद र जिन्सी समेत गरी रु पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।
अध्यक्ष बिजी निवर्तमान अध्यक्ष बद्री पंगेनी, गायक रमेशराज भट्टराईसहितको टोली राहत लिएर बाढी प्रभावित क्षेत्र पुगेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५