सहकर्मीसँग चुम्बन कान्डपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजिनामा
लन्डन । कोरोना महामारीका बेला कोभिड सम्बन्धि नियम उल्ंघघन गर्दै आफ्नै सहकर्मीसँग चुम्बन गरेको कान्ड सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले राजीनामा दिएका छन् ।
स्थानीय पत्रिका ‘द सन’ ले स्वास्थ्यमन्त्री ह्यान्कक र सहकर्मी जीना कोलाडान्गेलोबीच चुम्बन गर्दै गरेको फोटो (सिसिटिभी फुटेज) सार्वजनिक गरेपछि उनलाई राजीनामा गर्न विपक्षी लेबर पार्टीबाट तीव्र दबाव भएको थियो ।
गत मे ६ तारिखका दिन ‘डिपार्टमेन्ट अफ हेल्थ’ को कार्यालय परिसरमा उनीहरुले सामाजिक दुरीको नियम उलंघन गर्दै एक आपसमा आलिंगन तथा चुम्बन गरेका समाचार सार्वजनिक भएको थियो ।
उनको राजिनामा पश्चात पूर्व चान्सलर साजिद जाभिद स्वास्थ्यमन्त्री हुने पक्का भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । म्याट ह्यान्कक तीन वर्ष अघि स्वास्थ्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । उक्त घट्नापछि उनकी सहकर्मी गीना पनि पदमुक्त भएकी छन् ।
भिडियो–
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५