बुधबार, मंसिर १२, २०८१
07:53 | १३:३८

नेपालमा थप दुई हजार संक्रमित, पाँच हजार निको भएर फर्किए

रासस जुन २६, २०२१

मध्यपुरथिमि नगरपालिकाले आफनो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन गत शनिबार एकैदिन १ देखि ९ वटै वडामा एकैपटक निःशुल्क एन्टिजिन र पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्दै । तस्वीर-रमेश गिरी, रासस

काठमाडौं । बिगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा संक्रमण देखिएको हो । यो संक्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा संक्रमण दर १९.१ प्रतिशत छ ।

४, ९१४ निको

संक्रमण मुक्त भई आज चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

३० को निधन

यस्तै बिगत २४ घण्टामा ३० जनाको संक्रमणका कारणले निधन भएका छन्् । अहिलेसम्म संक्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

७३४ आइसियु र २२२ भेन्टिलेटरमा

यसैगरी संक्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू