बुधबार, माघ २, २०८१
10:29 | १६:१४

बिपीआइ रियल इस्टेटको पांचौं वार्षिकोत्सवमा चेपांग समुदायलाई सहयोग

नेपाली लिङ्क जुन २४, २०२१

लन्डन । बेलायतमा स्थापित बिपीआइ रियल इस्टेट कम्पनीले आफ्नो पांचौ वार्षिकोत्सवका अवसरमा चेपांग समुदायलाई सहयोग गरेको छ ।

कम्पनीले कोभिड १९ महामारीलाई मध्यनजर गर्दै आर्थिकरुपमा कमजोर रहेका चेपांग एकल महिला र उनीहरुको स–साना बालबच्चालाई चाहिने अत्यावश्यक खाद्यान्न लगायत सामग्रीहरु प्रदान गरि वार्षिकोत्सव मनाएको हो ।

बिपीआइ रियल इस्टेट कम्पनीले रियल इस्टेटसंग सम्बन्धित विभिन्न सेवा दिंदै आएको छ । प्रोपर्टी व्यस्थापन, प्रोपर्टीमा लगानीसहित प्रोपर्टी सम्बन्धि सबै सेवा दिंदै आइरहेको कम्पनीकी महाप्रवन्धक शान्ति लिम्बुले बताइन् ।

शान्तिले आफू साहित्यकार एवं समाजसेवी पनि भएकाले साहित्य र महिलाहरुको हक हितका लागि आफ्नो क्षमताले भ्याएसम्म सधैं सहयोग गर्न तत्पर रहने पनि बताइन् ।

उनले माइली फाउन्डेसनमार्फत चेपांग बस्तीमा आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरुलाई सीपमुलक तालिम साथै उद्यमशीलतामा केन्द्रित गरि उद्यमी बन्न सकिने खालका प्रशिक्षणहरु थालनी गरिसकेको बताएकी छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू