बुधबार, मंसिर १२, २०८१
07:28 | १३:१३

कोरोना निको हुने दर हालसम्मकै उच्च

रासस जुन २१, २०२१


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोराना पुष्टि भएको हो ।

सोही अवधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभर ३ हजार १३० संक्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू