बुधबार, माघ २, २०८१
05:33 | ११:१८

यूकेमा स्वास्थ, धन र नेतृत्व विकास केन्द्रित विशेष कार्यक्रम हुंदै

नेपाली लिङ्क जुन २१, २०२१


बेलायतमा स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा आगामी जुलाई ३ र ४ तारिखमा एक विशेष कार्यक्रम हुने भएको छ । ‘अनलिस योर इनर सेल्फ’ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको माउसटेल वेब सर्भिसेस् अल्डरसटका निर्देशक मान गुरुङले जानकारी दिए ।

बेलायतको स्थानीय समयअनुसार बिहान ९ देखि दिउँसो २ बजेसम्म हुने कार्यक्रममा नेपाल बेलायत लगायत संसारभरबाट सहभागी हुन पाइने निर्देशक गुरुङले बताए । उनका अनुसार सशुल्क हुन लागेको कार्यक्रममा बचत रकमको निश्चित प्रतिशत कोभिड महामारी पीडित नेपालका दुर्गम क्षेत्रमा सहयोग गर्ने पनि घोषणा गरिएको छ ।

माउसटेल वेब सर्भिसेस् अल्डरसटका निर्देशक मान गुरुङसँग यसै विषयमा भएको संक्षिप्त कुराकानीः

तपाईंहरुले आयोजना गर्न लाग्नु भएको ‘अनलिस योर इनर सेल्फ’ कार्यक्रमबारे जानकारी गराइदिनुहोस् न ?

कार्यक्रम नेपाली दाजुभाइ दिदीबहिनीहरुमा कसरी ट्रान्सफर्म गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो । यो कार्यक्रम नौलो छ । सकभर यसलाई भव्य बनाउने कोसिसमा हामी लागिरहेका छौं ।

यसअघि पनि तपाईंले धेरे कार्यक्रम गरिसक्नु भयो । यसपटक स्वास्थ्य, विजनेस, सामाजिकजस्ता विषय समेट्नु भएको रहेछ, यो कार्यक्रमबाट लाभ के हुनसक्छ ?

यसको मुख्य उद्देश्य मानिसका लागि हेल्थ, वेल्थ र ह्याप्पिनेस चाहिन्छ, जुन सम्भव पनि छ । मानिसलाई एउटा शान्ति चाहियो । शान्तिका लागि कोचहरु आउँदै हुनुहुन्छ । वेल्थ डेभलपका लागि इन्भेस्ट चाहियो । बिजनेस गर्नुस् वा काम गर्नुस् । त्यसलाई कसरी गर्दा राम्रो हुन्छ भन्ने उदाहरणहरु सेयर गर्दै आउनुभएको छ ।

हामीले विज्ञापनमा राखेका कोच वा व्यक्ति जति हुनुहुन्छ, त्यहाँ नदेखिनु भएका व्यक्तिहरु पनि आउनुहुन्छ । विशेषतः नेपालमा राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन पनि सँगसँगै आइरहेको छ । समुदायमा सोसललाई कसरी अझ प्रभावकारी बनाउने, कसरी उपलब्धि हासिल गराउने भन्नेमा हाम्रा अनुभवी लेक्चरहरु आउँदै हुनुहुन्छ । यी कुराहरु एउटा प्याकेजमा ब्लेन गरेका छौं ।

‘ट्रेनर’ हरु को को हुनुहुन्छ ?

यसमा इन्टरनेसनल रुपमा परिचित कोच हुनुहुन्छ एनएलपी हिलर इन्द्र गुरुङ काठमाडौंबाट । पोखराबाट मिडियाकर्मी एवं एक नेतृत्व दीपेन्द्र श्रेष्ठ हुनुहुन्छ । कम्युनिटीहरुका लागि लिडरसिप कसरी गर्ने र प्रभावकारी कसरी बनाउने भन्ने उहाँमा राम्रो स्किल छ । उहाँका कार्यक्रममा धेरै मानिसले भाग लिइसकेका छन् । त्यस लगायत सोसल मिटिङहरु कसरी कन्डक्ट गर्ने, सोसाइटीहरु कसरी डेभलप गर्ने, लोकल बिजनेसको विषय छ ।

त्यस्तै डा. मिलन ज्ञवाली हुनुहुन्छ । उहाँ म्याराथन धावक पनि हुनुहुन्छ । विभिन्न क्षेत्रमा दक्ष हुनुहुन्छ । बेलायतमा नेपाली समुदायबाट पहिलो रिटेल इन्भेस्टर एवं ठूला होलसेलहरु सञ्‍चालक प्रोपर्टी इन्भेस्टर आशबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा मेरो पनि प्रिजेन्टेसन रहनेछ ।

कार्यक्रम कस्तो माध्यमबाट गर्दै हुनुहुन्छ ?
जुम भर्चुअलबाट कार्यक्रम हुन्छ । नेपालबाट प्रायः जुमबाट नै कनेक्ट हुने हो । जो जो यूकेमा हुनुहुन्छ, उहाँहरु फिजिकल्ली आउनुहुन्छ ।

अन्त्यमा थप केही ?
प्रायःजसो हामीमा फियर हुन्छ । अरुको स्टोरी सुनेर हामीले हामीलाई नै अन्डरमाइन्ड गर्छौं । हामीभित्र द्वन्द्व हुन्छ । त्यसलाई चिर्नका लागि हामीले सानो कुरा सिफ्ट गर्नुपर्छ । भित्र बसिरहेको भ्रम हटाउनलाई हामीले ट्रान्फर्म गर्ने इम्प्रुभल मेथडहरु छन् । त्यसलाई युज गर्छौं । सँगै वेल्थको विस्डमहरु सेयर गर्नेछौं ।

यसले नेपाली कम्युनिटीलाई एकस्टेप अगाडि बढाउनेछ भन्नेमा हामी विश्वस्त छौं । र राम्रा राम्रा प्रोग्राम पिस एन्ड ह्याप्पिनेसदेखि लिएर वेल्थ, हेल्थमा विश्वभरि रहेका नेपाली समुदायलाई ट्रान्फर्म गर्ने कोसिसमा हामी छौं । समय मिल्यो भने बेलायतमात्रै होइन संसारभरिबाट जुममा जोडिन मिल्छ । यो कार्यक्रमबाट उठेको निश्चित रकम हामी कोभिड प्रभावित नेपालका दुर्गम क्षेत्रमा कुनै संस्थामार्फत सहयोग गर्ने छौं ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू