बुधबार, मंसिर १२, २०८१
06:37 | १२:२२

बन्दाबन्दीमा गैरपत्रकारको बिगबिगी, परिचयपत्र दुरुपयोग रोक्न माग   

रासस जुन २१, २०२१

काठमाडौँ–अनलाइन टिभी पत्रकार संघले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । संघका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।

गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको संघले जनाएको छ । संघले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिन कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि संघले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू